काठमाडौं । फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियलले म्यानचेस्टर युनाईटेड छाड्ने योजना बनाएका छन् ।
एजेन्ट फिलिपे लाम्बोलेले मार्सियलले क्लब छाड्न चाहेको बताएका छन् ।
'एन्थोनी जनवरीमा क्लब छाड्न चाहन्छ,' स्काई स्पोर्ट्ससँग कुरा गर्दै एजेन्ट फिलिपेले भने, 'उनी खेल्न चाहन्छ । उनी जनवरीमा बस्न चाहदैन । म क्लबसँग चाडै कुरा गर्नेछु ।'
२६ वर्षीय स्ट्राइकर युनाईटेडको सुरुआती ११ मा पर्न संघर्ष गर्दै आईरहेका छन् ।
मार्सियलले यस सिजन दुई प्रिमियर लिग खेलमा १ गोल गरेका छन् ।
उनले यस सिजन सबैखाले प्रतियोगितामा १० खेल खेलेका छन् ।