काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले रोमान्चक जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर ब्रेन्टफोर्डले जित निकालेको हो ।
खेलको २४ औं मिनेटमा इमानुएल डेनिसले गोल गर्दै वाट्फोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८४ औं मिनेटमा पोन्तुस जान्सनले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए ।
यस जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
ब्रेन्टफोर्डले १६ खेलमा २० अंक जोडेको छ ।
वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।