काठमाडौं । अर्जेन्टिनाका पूर्व डिफेन्सिभ मिडफिल्डर जाभियर मास्चिरानो अर्जेन्टिनाको यू-२० फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
३७ वर्षीय प्रशिक्षक मास्चिरानोले जनवरीबाट यू-२० टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।
बार्सिलोना र लिभरपुलका पूर्व मिडफिल्डरले २०१८ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर, उनले गत वर्ष मात्र फुटबलबाट सन्यास लिएका थिए ।
अर्जेन्टिनाका पूर्व कप्तान समेत रहेका उनले राष्ट्रका लागि १ सय ४७ खेल खेलेका थिए।
मास्चिरानोले बार्सिलोनाबाट पाँच ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।