काठमाडौं । कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा प्रतियोगिता पुस २ गतेदेखि १० गतेसम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
नकआउट चरणको आधारमा खेलाईने प्रतियोगिताको पुरुष विजेता टिमले नगद ५ लाख प्राप्त गर्नेछन् उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्ने छन् ।
महिलाको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार पाउने छन् ।
प्रतियोगिताको अहिल र पुरुषको सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिनेह । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।
हरेक खेलको म्यान अफ द म्याच पुरुषलाई ४ हजार र महिलालाई ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।