काठमाडौं । बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछिको परिस्थितिबारे अनेक अनेक टिप्पणी भइरहेका छन् ।
नहोस पनि किन र, यत्तिको क्लबले कम्तीमा नकआउट चरण त खेल्नै पर्थ्यो । तर होइन्, एक थरी के पनि मान्छन् भने बार्सिलानो खासमै नकआउट चरण खेल्न योग्य पनि छैन् ।
बार्सिलोनाको समर्थक मानिएको एस पत्रिकाले सबैभन्दा कडा टिप्पणी गरेको छ ।
उसले लेखेको छ, यसपल्टको युरोपेली च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिनु भनेको यसले ठूलो क्लबको समूहबाट राजीनामा दिनु नै हो । त्यसो भनेको अब युरोपका ठूला क्लबको सूची बनाउँदा बार्सिलोना पर्ने छैन् ।
युरोपका अन्य ठूला क्लबबाट बार्सिलोना लगातार पराजित भइरहेको छ, त्यो पनि ठूल ठूलो अन्तरले । बायर्न म्युनिकविरुद्ध हालै बेहोरेको तीन गोलको हार पनि यस्तै शृंखलाको एउटा अर्को खेल न थियो ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक ज्याभी पनि स्तब्ध छन् र उनी पनि मान्छन्, अब बार्सिलोनाले शून्यको स्थितिबाट आफूलाई बनाउनु पर्छ ।
उनी के पनि मान्छन् भने च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल हुनुको पीडा अथाह छ, अब क्लब, खेलाडी र यसका समर्थकले यो तथ्यलाई स्विकार्नै पर्छ ।
खासमा अहिले बार्सिलोनाको प्रतिष्ठामा आँच त आएकै छ, यसको कुरा गरेर साध्य छैन् । त्यत्तिकै ठूलो धक्का त के छ भने बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ का खेल नखेलेपछि क्लबलाई आर्थिक घाटा पनि खुबै हुनेछ ।
–बीबीसीको सहयोगमा ।