काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिच २०२२ सम्म मैदान बाहिर रहने भएका छन् ।
कोरोना भाईरसको संक्रमणपछि फोक्सोमा समस्या देखिएपछि किमिच नयाँ वर्षसम्म मैदान बाहिर रहने भएका हुन् ।
बायर्नले किमिचले यस वर्षको खेलहरु गुमाउने र नयाँ वर्षपछि मैदान फर्किने जनाएको छ ।
२६ वर्षीय किमिचलाई गत नोभेम्बरमा कोरोना संक्रमण देखिएको थियो ।
जसको कारण किमिचले नोभेम्बर ९ देखि खेलेका छैनन् ।
कोरोना देखिएपछि किमिचको आइसोलेसन अवधि बुधबार सकिएको थियो ।
तर, पूर्ण रुपमा ठिक हुन किमिचलाई समय लाग्ने बताईएको छ ।
किमिचले कोभिड खोप समेत नलगाएको बताईएको छ ।