काठमाडौं । फ्रेन्ड्स क्लबका कप्तान प्रकाश बुढाथोकीले सहिद स्मारक ए डिभिजनको कम्तिमा दुई खेल गुमाउने भएका छन् ।
लिग अन्तर्गतको तेस्रो चरणमा थ्री स्टार क्लबविरुद्धको खेलका क्रममा बुढाथोकी घाइते भएका थिए ।
पूर्णरुपमा ठिक हुन समय लाग्ने भएपछि बुढाथोकीले कम्तिमा पनि दुई खेल गुमाउने भएका हुन् ।
‘प्रकाशले दुई वा तीन खेल गुमाउनेछन,’ क्लबका एक पदाधिकारीले जानकारी गराए ।
थ्री स्टारविरुद्धको खेलका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो ।
बुढाथोकी अहिले घरमै रहेर उपचार गराइरहेका छन् ।
मंसिर १७ गते भएको खेलमा फ्रेन्ड्सले थ्रीस्टारविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।
फ्रेन्ड्सले चौथो चरणमा मनाङ मस्र्याङदी क्लबविरुद्ध शुक्रबार खेल्नेछ ।
लिग अन्तर्गत तीन खेलबाट दुई अंक जोड्दै फ्रेन्ड्स अहिले १० औं स्थानमा रहेको छ ।