काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौ चरणको समाप्तीपछि एएफसी क्लब लाईसेन्स प्राप्त गरेका चारमध्ये एक टिमले एएफसी कपको छनोट खेल्ने भएको छ ।
मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब र नेपाल एपिएफ क्लबले मात्र एएफसीको क्लब लाईसेन्स प्राप्त गरेका छन् ।
ती चारमध्ये लिगको सातौ चरणको समाप्तीपछि सबैभन्दा बढी अंक ल्याउने वा शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी गराए ।
एएफसी कपको छनोट आगामी अप्रिलमा हुने तालिका रहेको छ ।
क्लब लाईसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिताहरुमा सहभागिता जनाउने पाउने प्रावधान रहेको छ ।
तीन चरण खेलको समाप्तीपछि समान सात–सात अंक जोडेका मछिन्द्र र मनाङ लिग तालिकाको क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यता आर्मी भने पाँच अंकसहित छैठौ तथा एपिएफले भने सबै तीन खेलमा पराजय भोग्दै १४ टिम सहभागी लिगको पुछारमा रहेको छ ।