काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ को तेस्रो चरणको समाप्तीमा कुल ४१ गोल भएका छन् । त्यसमध्ये पहिलो चरणमा १६, दोस्रो चरणमा सात र तेस्रो चरणमा १८ गोल भएका छन् ।
त्यस आधारमा तीन चरणमध्ये सबैभन्दा बढी गोल तेस्रो चरणमा भएको छ ।
यी गोलमध्ये दुई आत्मघाती रहेका छन् र दुवै गोल तेस्रो चरणमै भएको थियो । पुलिसविरुद्धको खेलमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले ५३ सेकेन्डमै गोल गरे र यो जारी लिगमा सबैभन्दा कम समयमा भएको गोल रहेको छ ।
लिगको लिखित अभिलेख राख्ने क्रम सुरु भएयता सबैभन्दा कम समयमा भएको गोल भने थ्री स्टारका दीपक अमात्यको नाममा छ । उनले ०५७ को लिगमा एनआरटीविरुद्ध १८ सेकेन्डमै गोल गरेका थिए ।
यसपल्टको लिगमा अहिलेसम्म गोल गर्ने खेलाडी यस प्रकार छन् ।
३– मार्टिन्स अजयी (सातदोबाटो)
२– रुमेश बर्ताैला (च्यासल), दिनेश राई (बीबीसी), सुमन लामा (पुलिस), सुनिल बल (मछिन्द्र)
१– प्रकाश बुढाथोकी (फ्रेन्ड्स), नथालिलया जुड (फ्रेन्ड्स), सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो), त्रिदेव गुरुङ (हिमालयन), विश्वास श्रेष्ठ (हिमालयन), लक्ष्मण रुचाल (संकटा), निरज वस्नेत (संकटा), फोडे फोफाना (संकटा), उत्तम राई (संकटा), निरज वस्नेत (संकटा), अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार), दिनेश राजवंशी (मनाङ), आफिज आलावाले (मनाङ), दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), सुरज गुरुङ (बीबीसी), आषिश लामा (एपीएफ), बिके तामाङ (एपीएफ), विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), सन्तोष हेमरुन (पुलिस), रंजित धिमाल (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी) ।
आत्मघाती गोल– करण रावत (सातदोबाटो), सीमान्त थापा (जावलाखेल)