काठमाडौं । ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् ।
कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् ।
८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो ।
तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् ।
पेलेले सामाजिक संजालबाट आफु अस्पताल भर्ना भएको बताएका छन् ।
पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ ।
सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।