काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा चेल्सी बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा चेल्सी जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
पिटर्सवर्गको मैदानमा सुरुआती अग्रता चेल्सीले बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा क्लाउडिन्होले गोल गर्दै पिटर्सवर्गलाई १-१ गोलको बराबरीमा फर्काए ।
४१ औं मिनेटमा सरदार अज्मोउनले गोल गर्दै पिटर्सवर्गलाई २-१ को अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई २-२ गोलको बराबरीमा फर्काए ।
८५ औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको इन्जुरी समयको चौंथो मिनेटमा मागोमेदले गोल गर्दै पिटर्सवर्गलाई ३-३ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यस बराबरीसँगै चेल्सी समूह विजेता बन्न असफल भएको छ ।
समूह एच को चेल्सीले ६ खेलमा १३ अंक जोडेको छ ।
चेल्सी समूह उपविजेता बनेर नकआउट चरणमा पुग्यो ।
पिटर्सवर्ग ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
यस समूहबाट युभेन्ट्स समूह विजेता बन्यो ।