काठमाडौं । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मोइस किनले निर्णायक गोल गरे ।
मोइसले खेलको १८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै युभेन्ट्स समूह एच को विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
युभेन्ट्सले ६ खेलमा १५ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो ।
मोल्मो १ अंक जोडेर पुछारमा रह्यो ।
यस समूहबाट चेल्सी समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।