काठमाडौं । कीर्तिमानी आठ पटकको 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबले नाइजेरियन प्रशिक्षक फुजा टोपेको नेतृत्वमा प्रशिक्षण थालेको छ ।
प्रशिक्षक फुजा मंगलबार मात्रै नेपाल आईपुगेका थिए । नेपाल आएको दोस्रो दिनबाट नै फुजाले मनाङको प्रशिक्षण सम्हालेका हुन् ।
मनाङले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि फुजालाई प्रशिक्षक नियुक्त गरेको हो । तर, भिसा समस्याका कारण फुजा समयमा नेपाल आउन पाएका थिएनन्।
अब लिगको बाँकी खेलमा फुजाले मनाङको टिम सम्हाल्नेछन् । यस अघि मनाङको टिम राजेन्द्र तामाङले सम्हाल्दै आएका थिए ।
फुजाले सन् २०१८ मा पनि मनाङको प्रशिक्षकको रुपमा काम गरेका थिए ।
लिगमा मनाङ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
मनाङले तीन मध्ये दुई खेलमा जित र एक खेल बराबरी खेल्दै ७ अंक जोडेको छ ।