काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा मछिन्द्रका रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जावलाखेल पहिलो अंकको खोजीमा रहेको छ । जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन ।
साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ । मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।