काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पाले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गरे । उनले खेलको ५३ औं सेकेण्डमा गोल गरेका हुन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
हिमालयन शेर्पा पहिलो जितको खोजीमा रहेको छ । हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
पुलिस भने दोस्रो जितको खोजीमा छ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस अंक तालिकाको सातौं स्थानमा रहेको छ ।