काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको हो ।
घरेलु मैदानमा लुकास मौराले दशौँ मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ६७ औं मिनेटमा डेभिनसन सान्चेजले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।
यस जितसँगै टोटेनहमले १४ खेलमा २५ अंक जोडेको छ ।
टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।