काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।
बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३-२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।
आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन ।
आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।
तर, दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।