काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
उल्भ्सको मैदानमा लिभरपुललाई जित दिलाउन डिभोक ओरिगीले निर्णायक गोल गरे।
ओरिगीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । उनले मोहमद सलाहको पासलाई सदुपयोग गरे ।
यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलले १५ खेलमा ३४ अंक जोडेको छ ।
उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासलले बर्नलीलाई १-० ले नै हराएको छ ।
त्यस्तै साउथह्याम्पटनले ब्राइटनसँग १-१ गोलको बराबरी खेलको छ ।