काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा मिलानले सालेरनिटनालाई २-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा फ्रान्क केस्सी र एलेक्सिस सालेमेकर्सले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा फ्रान्कले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको १८ औं मिनेटमा एलेक्सिसले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मिलानले १६ खेलमा ३८ अंक जोडेको छ ।
सालेरनिटना ८ अंक जोडेर पुछारमा रहेको छ ।