काठमाडौं । बार्सिलाना र इस्पनयोल एउटै सहरका दुई क्लब हुन्, तर यिनमा आकाश जमिनको फरक छ ।
बार्सिलोनालाई क्याटलानी परिचयको बाहक मानिन्छ, जबकी इस्पनयोललाई यसमै आपत्ति छ । इस्पनयोल धेरै अर्थमा बार्सिलोनाको छायामा पर्दै आएको छ ।
जब यी दुई क्लब एक आपसमा भिड्छन्, त्यो यस्तै द्वन्द्वको प्रतीक रहने गरेको छ । संयोग कस्तो भने बार्सिलोनाको प्रशिक्षक भएयता ज्याभी हर्नान्डेजको पहिलो खेल रहेको छ, यही छिमेकी क्लब इस्पनयोलविरुद्ध ।
यो डर्बी दुवै क्लबका लागि प्राय: तनावको विषय हुने गर्छ र ज्याभीले वेञ्चमा रहेर त्यसकै पहिलो अनुभव गर्नेछन् ।
यो त भयो प्रतिद्वन्द्वीताका कुरा । जाभीले इस्पनयोलविरुद्ध उतार्ने बार्सिलोना टिम भने कस्तो हुनेछ होला त ? के यसमा केही आश्चर्यजनक परिवर्तन रहनेछन् त ?
धेरैले के अनुमान गरेका छन् भने जाभीले केही आश्चर्यजनक निर्णय गर्नेछन् र यो केहीका लागि स्तब्ध पार्न सक्ने नै हुनेछ । केही प्रमुख खेलाडी चोटबाट गुज्रिरहेको हुनाले हुन सक्छ, जाभीले एकेडेमीका केही खेलाडीलाई मौका दिन सक्छ ।
अनि बार्सिलोनाले कुनै शैलीमा खेल्नेछ होला ? सायद ४–३–३ । यस्तो किनभने अल सादमा रहेको बेला जाभीका लागि यो नै प्रिय थियो ।
–मार्काको सहयोगमा ।