काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले टर्किस मिडफिल्डर एम्री दिमिरलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले १७ वर्षीय मिडफिल्डर दिमिरलाई अनुबन्ध गरिएको जनाएको छ ।
बार्सिलोनाले टर्किस क्लब केइसेरिस्पोरबाट दिमिरलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनासँग उनले सन् २०२७ सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाले उनको रिलिज क्लउज ४ सय मिलियन युरो तोकेको छ ।
दिमिरले १५ वर्षकै उमेरमा टर्किस लिगमा डेब्यु गरेका थिए ।
दिमिर टर्किस लिगमा सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।