काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे ।
खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
५० औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा जिलिनिस्कीले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए ।
जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेको छ ।
नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
साम्पडोरिया ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।