काठमाडौं। सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्ड्स क्लब कुपन्डोललाई खेल पोशाक कम्पनि युक्यानले प्रायोजन गरेको छ ।
युक्यानले बिहीबार फ्रेन्ड्सलाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
फ्रेन्ड्सका अध्यक्ष दिपक थापा र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता रकम गोप्य राखिएको छ ।
सम्झौतासँगै फ्रेन्ड्सले ए डिभिजन लिगमा युक्यानको जर्सी लगाउने छ।
कार्यक्रममा फ्रेन्ड्सले नयाँ सिजनको लिगमा लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो ।
ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ।
यस पटक फ्रेन्ड्स मिडफिल्डर प्रकाश बुढाथोकीको कप्तानीमा मैदान उत्रने छ।