काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बिहीबार स्वदेश फर्किएका छन् ।
नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।
समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो ।
पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।