काठमाडौं । सबै अनुमानलाई सही सावित गर्दै एभरटनले आफ्ना कोलम्बियाली स्टार खेलाडी ह्यामेस रोड्रिग्वेजलाई बेचेको पुष्टि गरेको छ ।
रोड्रिग्वेजको अबको नयाँ गन्तव्य कतारको अल रयान रहेको छ । एभरटनले उनलाई कति रकममा बेचेको हो, त्यो बाहिर आएको छैन्, तर तय छ, यो खेलाडी ट्रान्सफरमा सबै खुसी छन् ।
सबैभन्दा खुसी सायद एभरटन छ । कारण, अबदेखि उसले रोड्रिग्वेजको तलब दिनु पर्दैन् । खासमा उनी निकै महँगा खेलाडी हुन् र उनको साताको पारिश्रमिक नै दुई लाख २० हजार पाउन्ड छ ।
यस्तोमा अब एभरटनले कम्तीमा वर्षको एक करोड पाउन्ड बचाएको छ र यसले क्लबलाई धेरै भन्दा धेरै राहत दिएको छ ।
स्वंय रोड्रिग्वेजका लागि पनि यो उत्तिकै राहत हो, किनभने उनले यस सिजन एभरटनका लागि नियमित खेल्न पाउने सम्भावना सून्यको बराबर नै थियो ।
एभरटनका नयाँ व्यवस्थापकका रूपमा राफेल बेनिटेज आएपछि उनले भनिसकेका थिए, उनको योजनामा रोड्रिग्वेज छैनन् । त्यसैले पनि उनलाई कतार जानु ठीक थियो ।
फेरि अबको विश्वकप कतारमै हुँदैछ र रयानका लागि रोड्रिग्वेजले नियमित खेल्न पाउनु पनि निश्चित छ । रयान आफै पनि यति ठूलो नामका खेलाडी पाएकामा दंग छ ।
रयानका अहिलेका प्रशिक्षक पनि परिचित नै छन् र उनी हुन्, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी लुरेन्ट ब्लान्क । यो यस्तो खेलाडी ट्रान्सफर हो, जसमा सबैलाई फाइदा छ ।
–द डेली मेलको सहयोगमा ।