काठमाडौं । सायद अब इन्टर मिलानलाई पनि के विश्वास रहेन भने एलेक्स सान्चेजले केही गर्न सक्नेछन् । त्यसैले पनि क्लबले उनलाई भनिसकेको छ, टिम छाड्दा पनि केही फरक पर्दैन् ।
त्यसको अर्थ यी चिलीका कुनै समयका नायक खेलाडी आफू खुसी कतै जान सक्छन्, विना कुनै मूल्य । यो कथा हो, एक नायक खेलाडीको पतनको ।
इन्टरमा रहेर पनि सान्चेजले खासै केही गर्न सकेनन् । यस्तोमा विश्वास नहुन सक्छ, केही वर्ष अगाडि मात्र उनी आर्सनलमा छँदा इंग्लिस प्रिमियर लिगमा तहल्का मच्चाएका खेलाडी थिए ।
सबै उनलाई किन्न चाहन्थे, तर सक्दैन थिए, किनभने उनी महँगा थिए । उनको पारिश्रमिक छोइनसक्नु थियो ।
आर्सनल आफै अहिले कमजोर टिम बनेको छ, तर यसले केही समय अगाडिसम्म प्रत्येक प्रतियोगितामा बलियो चुनौती पेस गर्थ्यो र यसको एक कारण सान्चेजको गज्जब खेल थियो ।
यसअघि उनी बार्सिलोनाका लागि खेल्थे । आर्सनलबाट उनी म्यानचेस्टर युनाइटेड लागे । उनको खराब दिन त्यहींबाट सुरु भयो ।
म्यानचेस्टरले अनुबन्ध गरेका महँगा र धेरै अपेक्षा भएका खेलाडीमध्ये नराम्रोसँग असफल हुनेमा सान्चेज पनि पर्छन् ।
यस्तोमा म्यानचेस्टरले पनि उनलाई सुरुमा इन्टरमा ऋणमा पठाए, पछि सन् २०२० यता उसकै खेलाडी बनाए ।
अब यही इन्टरले सान्चेजलाई छाड्न भनिरहेको छ । यी सबै घटनाक्रम उनका लागि पनि निकै गाह्रो हुनु पर्छ ।
–मिररको सहयोगमा ।