काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अर्को चरणमा स्थान बनाएको हो ।
चेल्सीको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा भने चेल्सीले बाजी मार्यो ।
पेनाल्टीमा चेल्सीका रोमेलु लुकाकु, मासन माउन्ट, रोस बार्क्ली र सी जेम्सले गोल गरे । बेन चिलवेलको प्रहार बारमा लाग्दै फर्किएको थियो ।
भिल्लाका इमिलियानो बुएन्डिया, इजरी कोन्सा र अनवर एल घाजीले गोल गरे। एस्ले योङ रमार्भेलस नाकाम्बाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टी अघि ५४ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा क्यामरुन आर्चरले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
चेल्सीले अब अन्तिम १६ को खेलमा साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।
बुधबारको नतिजाले च्याम्पियन्स लिग विजेता टोली अपराजित छ । उसले ५ खेलमा १३ अंक जोडेर प्रिमियर लिगमा समेत अग्रतालाई कायमै राखेको छ ।