काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित हुँदै युनाईटेड तेस्रो चरणबाट बाहिरिएको हो ।
वेस्ट ह्यामको जितमा म्यानुएल लान्जिनीले निर्णायक गोल गरे ।
ओल्ड ट्राफोर्डमा उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै डेभिड मोयसको टिम वेस्ट ह्याम काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
वेस्ट ह्यामले अब म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।
लेस्टर सिटीले भने मिलविललाई २-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ ।
टोटेनहमले उल्भ्सलाई पेनाल्टीमा ३-२ ले हराएर अर्को चरणको यात्रा तय गरेको छ ।