काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक पूरा गरे ।
करिम बेन्जिमाले दुई तथा इस्कोले एक गोल गरे ।
मालोर्काका काङ्ग लीले एक गोल फर्काए ।
घरेलु मैदानमा बेन्जिमाले तेस्रो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
खेलको २५ औं मिनेटमा लीले गोल गर्दा मालोर्का २-१ को स्थितिमा आयो ।
खेलको २९ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा एसेन्सियोले ह्याट्रिक पूरा गर्दै रियललाई ४-१ को स्थितिमा ल्याए ।
खेलको ७८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई ६-१ को सानदार जित दिलाए ।
यस जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ६ खेलमा १५ अंक जोडेको छ ।
मालोर्का ८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।