काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले पहिलो जित निकालेको हो ।
युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे ।
स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
ग्यासीले ३३ औं मिनेटमा गोल गर्दै स्पेजियालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४९ औं मिनेटमा जेनिसले गोल गर्दा स्पेजिया २-१ ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।
यस जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक जोडेको छ ।
युभेन्ट्स १२ औं स्थानमा रहेको छ ।
स्पेजिया ४ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।