काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य पुनम जर्गा मगरको सफल शल्यक्रिया भएको छ ।
डिफेन्डर पुनमको सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मुटुको सफल शल्यक्रिया भएको हो ।
सहिद गंगालालका डाक्टर चन्द्रमणि अधिकारी र रेजु मानन्धरको टिमले पुनमको सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि पुनम कम्तिमा ६ महिना मैदान बाहिर रहने छिन् ।
'डाक्टरहरुले ३ महिनापछि जगिङ गर्न मिल्छ भन्नु भएको छ । ६ महिनापछि खेल्न मिल्छ भन्नु भएको छ,' उनले खेलपाटीसँग भनिन् ।
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि उनी राष्ट्रिय टिममा रहेकी थिइन् ।
तर, गंगालाल अस्पतालमा खेलाडीको स्वास्थ्य जाँच (पिएमसिए) गर्दा पुनमको मुटुमा समस्या देखिएको थियो ।
जसको कारण पुनमले उज्वेकिस्तान भ्रमण गुमाएकी थिइन् ।
त्रिभुवन आर्मी क्लबकी डिफेन्डर पुनमले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल समेत गुमाएकी थिइन् ।