काठमाडौं । कोलम्बियाका मिडफिल्डर हामेस रोड्रिगेज कतारी क्लबमा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब एभर्टनका रोड्रिगेज कतारको अल रायनमा अनुबन्धित भएका हुन् ।
एभर्टनले बुधबार रोड्रिगेज कतारी क्लबमा अनुबन्धित भएको जनाएको छ ।
एभर्टनले अनुबन्धको रकम भने खुलाएको छैन ।
एभर्टनमा मैदान उत्रने मौका नपाएपछि उनले कतारी क्लब रोजेका हुन् ।
राफायल बेनिटेज मुख्य प्रशिक्षक भएपछि रोड्रिगेजले एभर्टनमा मौका पाएका थिएनन्।
३० वर्षीय मिडफिल्डर रोड्रिगेज गत सिजन एभर्टन आएका थिए ।
रियल मड्रिडका पूर्व मिडफिल्डर रोड्रिगेजले गत सिजन २६ खेल खेलेका थिए ।