काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली महिला फुटबल टोली भोलि बिहीबार स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम बिहीबार बिहान स्वदेश फर्कने जनाएको छ । नेपाल टिम बिहान ११:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।
छनोटको समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो ।
पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।