काठमाडौं । ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई आर्थिक सहयोग गरेका छन् ।
बुढाथोकीले बुधबार क्लबलाई चार लाख रुपैयाँ सहयोग गरेका हुन् । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तयारीमा रहेको जावलाखेललाई उनले सहयोग गरेका हुन ।
शीर्ष डिभिजनको लिग कात्तिक २९ बाट सुरु हुनेछ । जसमा जावलाखेलले प्रतिस्पर्धा गर्ने छन् ।
जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्रीले बुढाथोकीबाट प्राप्त सहयोग रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए ।
क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि आर्थिक चाहिने हुँदा विभिन्न व्यक्तिले बेलाबेला दिल खोलेर सहयोग गरिरहेको बताए ।
हङकङ निवासी बुढाथोकीले समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।