काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार पोर्चुगिज रोनाल्डो सन् २०२१ मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका हुन् ।
अघिल्लो वर्ष मेस्सी सर्वाधिक कमाउने फुटबलर रहेका थिए ।
फोर्ब्सको अनुसार रोनाल्डोको कमाई १ सय २५ मिलियन अमेरिकी डलर रहेको छ । मेस्सीको १ सय १० मिलियन डलर रहेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९५ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।
पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४३ मिलियन अमेरिकी डलर रहेको छ ।
लिभरपुलका मोहमद सलाह ५१ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् ।
यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की ३५ मिलियनसहित छैटौं, आन्द्रेस इनिस्टा ३५ मिलियसहित सातौं र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा ३४ मिलियनसहित आठौं स्थानमा छन् ।
रियल मड्रिडका ग्यारेथ बेल ३२ मिलियनसहित नवौं र रियलकै इडेन हाजार्ड ३९ मिलियन सहित दशौँ स्थानमा रहेका छन् ।
Player |
Club |
2021-22 Total earnings |
Cristiano Ronaldo |
Manchester United |
$125m/ £91.5m |
Lionel Messi |
Paris Saint-Germain |
$110m/ £80.5m |
Neymar |
Paris Saint-Germain |
$95m/ £69.5m |
Kylian Mbappe |
Paris Saint-Germain |
$43m/ £31.5m |
Mohamed Salah |
Liverpool |
$41m/ £30m |
Robert Lewandowski |
Bayern Munich |
$35m/ £26m |
Andres Iniesta |
Vissel Kobe |
$35m/ £26m |
Paul Pogba |
Manchester United |
$34m/ £25m |
Gareth Bale |
Real Madrid |
$32m/ £23.5m |
Eden Hazard |
Real Madrid |
$29m/ £21m |