काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर फिल जोन्स लामो समयपछि मैदान फर्कने भएका छन् ।
चोटको कारणको कारण जोन्स २० महिनायता मैदान उत्रिएका छैनन् ।
तर, काराबाओ कप अन्तर्गत वेस्ट ह्यामविरुद्धको खेलबाट जोन्स मैदान फर्कने भएका छन् ।
युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले खेलका लागि जोन्स पूर्ण रुपमा फिट भएको बताएका छन् ।
घुँडाको चोटको कारण जोन्स मैदान बाहिर रहदै आएका थिए ।
उनले पछिल्लो पटक २०२० को जनवरीमा युनाईटेडका लागि खेलेका थिए ।
२९ वर्षीय डिफेन्डरले हालै युनाईटेडको यू-२३ टोलीबाट दुई खेल खेलेका थिए ।