काठमाडौं । पछिल्लो पुस्ताका फुटबल प्रेमीले यो खेलका दुई महान खेलाडीलाई हेर्न पाएका छन् र ती हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी ।
यी दुईमा पनि को राम्रो त ? यसको उत्तर कोहीसँग पनि छैन् ।
एकथरी रोनाल्डोलाई मान्छन् भने अर्को थरी मेस्सीलाई । यस पछाडि उनीहरूले पेस गर्ने तर्क पनि आफ्नो ठाउँमा ठीकै छन् ।
खासमा यी दुई खेलाडीबीच तुलना गर्नेक्रम कहिले पनि रोकिने छैन् । युरोपमा नयाँ सिजन सुरु भएको भर्खर जस्तै भएको छ र यी दुई खेलाडीबीच तुलना सुरु भइसकेको छ ।
यसै सिजन जहाँ रोनाल्डोले आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडको बाटो रोजे, मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को हात समाए ।
अहिलेसम्म यी दुई खेलाडीको प्रदर्शनमा तुलाना गर्दा ठ्याक्कै फरक देखिन्छ । सुरुआती समयनै सही, मेस्सीको तुलनामा रोनाल्डो सफल देखिएका छन् ।
म्यानचेस्टरका लागि रोनाल्डोले एक प्रकारले खुबै छाएका छन्, त्यहीं पीएसजीमा मेस्सीको उपस्थिति केही न केही नमिलेको जस्तो देखिन्छ ।
त्यति मात्र होइन्, रोनाल्डोले म्यानचेस्टरका लागि चार गोल गरिसके भने मेस्सी गोलकै लागि संघर्षरत छन् । यस्तो भन्न सुरु भएको छ, रोनाल्डो ४ : ० मेस्सी ।
रोनाल्डोले तीन खेलमा चार गोल गरेका हुन् र यसका लागि २ सय ८२ मिनेट मैदानमा बिताएका छन् । मेस्सीले भने १ सय ९० मिनेट मैदानमा बिताएर गोल गर्न सकेका छैनन् ।
–द डेलीमेलको सहयोगमा ।