काठमाडौं । काराबाओ कप (ईएफएल) फुटबलमा म्यानचेस्टर सिटीले गोल वर्षा गरेको छ ।
मंगलबार राति सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ गोल अन्तरले हराएको हो ।
रियाद महरेजले दुई गोल गरेको खेलमा केभिन डी ब्रोएन, फिल फोडिन, टोरेस र पाल्मरले एक एक गोल गरे ।
खेलमा अग्रता भने लिग वान क्लबले हालानको गोलमार्फत लिएको थियो ।
सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले एकेडेमीका केही युवा खेलाडीलाई समेत काराबाओ कपमा अवसर दिएका थिए ।
जितसंगै ग्वार्डिओला सन् २०१६ यता प्रतियोगितामा अपराजित छन् । म्यानचेस्टर सिटीले लगातार पाँचौ सिजन अन्तिम १६ मा स्थान बनाएको छ ।