एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।
सोमबार राति खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो ।
घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासंग १–१ गोलको बराबरी खेल्यो ।
खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्काएका थिए ।
खेलमा अग्रता पाहुना टोली ग्रानाडाले खेलको दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेको गोलबाट लिएको थियो ।
पछिल्लो नतिजाले प्रशिक्षक रोनाल्डो कोम्यानमाथि दबाब थपिएको छ । घरेलु मैदानमै बार्सिलोना नतिजा निकाल्न संघर्षरत देखिन थालेको छ ।
लियोनल मेस्सीले बार्सिलोना छाडेपछि स्पेनिस जायन्ट खराब लयबाट गुज्रिरहेको छ ।
बार्सिलोना यस सिजन स्पेनिस लिगमा अपराजित छ । उसले चार खेलबाट ७ अंक जुटाएको छ । तालिकामा सातौं स्थानमा छ ।
च्याम्पियन्स लिगमा बेन्फिकाको भ्रमणमा निस्कनु अघि बार्सिलोनाले कार्डिज र लेभान्तेसग खेल्नेछ । ग्रानाडा भने जित विहिन हुँदै तीन अंक सहित तालिकाको १७ औं स्थानमा छ ।