काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टराले आगामी दुई खेल गुमाउने भएका छन् ।
खुट्टाको पिडुलाको चोटका कारण थियागोले आगामी दुई खेल गुमाउने भएका हुन् ।
स्पेनिस मिडफिल्डरले प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसविरुद्ध चोट बोकेका हुन् ।
उक्त खेलमा लिभरपुलले प्यालेसलाई ३-० ले हराएको थियो ।
लिभरपुलले काराबाओ कपमा मंगलबार नर्विच सिटीविरुद्ध खेल्नेछ ।
यस्तै प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डविरुद्ध खेल्नेछ ।