काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामका छोरा रोमियो बेकह्यामले व्यवसायिक फुटबलमा डेब्यु गरेका छन् ।
अमेरिकाको क्लब फोर्ट लाउडरडेल सीएफमा अनुबन्धित रोमियोले सोमबार व्यवसायिक फुटबलमा डेब्यु गरेका हुन् ।
यूएसएल लिग वान अन्तर्गत टोर्मेन्टाविरुद्धको खेलबाट उनले डेब्यु गरेका हुन् । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
१९ वर्षीय रोमियोले व्यवसायिक फुटबलका लागि फ्लोरिडाको क्लबसँग गत महिना सम्झौता गरेका थिए ।
फोर्ट लाउडरडेल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको शाखा क्लब हो।
इन्टरमा बेकह्यामको समेत लगानी रहेको छ।