काठमाडौं । इंग्लिस क्लब एभर्टनका मिडफिल्डर हामेस रोड्रिगेज कतारको भ्रमणमा निस्किएका छन् ।
कतारी क्लबमा अनुबन्ध हुने चर्चा चलिरहेको बेला रोड्रिगेज कतारको भ्रमणमा निस्किएका हुन् ।
कोलम्बियाका रोड्रिगेजले कतारी क्लबसँग अनुबन्धबारे छलफल गर्ने बताईएको छ ।
राफायल बेनिटेज मुख्य प्रशिक्षक भएपछि रोड्रिगेजले एभर्टनमा मौका पाएका छैनन् ।
त्यसैले ३० वर्षीय मिडफिल्डर कतारी क्लब जाने योजनामा रहेका छन् ।
रियल मड्रिडका पूर्व मिडफिल्डर रोड्रिगेज गत सिजन एभर्टन आएका थिए ।
उनले गत सिजन २६ खेल खेलेका थिए ।