उनी भन्छन्, ‘हामीले मेस्सीलाई सब्टिच्युट गर्ने निर्णय किन गरेका थियौं भने हामी उनलाई सुरक्षा राख्न चाहन्छौं । त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं । हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् । यी सबै खेलमा मेस्सीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’
प्रशिक्षक पोचेटिनाको यो बयानपछि केही फ्रान्सेली मिडियाले एक खाले अनुमानको पनि विकास गरेका छन् । त्यस अनुसार पीएसजीको यस सिजन मुख्य लक्ष्य भनेकै युरोपेली च्याम्पियन्स लिग जित्नु हो, यसका लागि अब फ्रान्सेली लिग वानको महत्त्व सायद त्यति धेरै रहेन् ।
मेस्सीको अत्याधिक प्रयोग यही च्याम्पियन्स लिगमा हुनेछ ।
–मार्काको सहयोगमा ।