काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा चेल्सीले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।
खेलको ४९ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए।
यस जितसँगै चेल्सीले ५ खेलमा १३ अंक जोडेको छ ।
चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।