काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।
आइतबार भएको खेलमा लेस्टर ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा खेलको ३५ औं मिनेटमा निल मउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा डानी वेलबेकले गोल गर्दै ब्राइटनको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा जेमी भार्डीले एक गोल फर्काएपनि लेस्टर २-१ ले पराजित भयो ।
जितसँगै ब्राइटनले ५ खेलमा १२ अंक जोडेको छ । लेस्टर लिगको चौंथो स्थानमा उक्लिएको छ ।
लेस्टर ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।