काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले रोमान्चक जित निकालेको छ ।
आइतबार भएको खेलमा युनाईटेडले वेस्ट ह्याममाथि २-१ गोल अन्तरको जित निकालेको हो ।
वेस्ट ह्यामको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे ।
वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल गरे ।
खेलको ३० औं मिनेटमा बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ३५ औं मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए।
खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टीमा गोल गर्न सकेन । उसका मार्क नोबलेको पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जियाले बचाए ।
यस जितसँगै युनाईटेडले ५ खेलमा १३ अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।