काठमाडौं । इंग्ल्यान्डका पूर्व स्ट्राइकर जिमी ग्रीव्सको निधन भएको छ ।
टोटेनहमका लेजेण्ड जिमीको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्डका विश्वकप विजेता टोलीका सदस्य जिमीले इंग्ल्यान्डका लागि ५७ खेलमा ४४ गोल गरेका थिए । इंग्ल्यान्डले १९६६ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।
क्लब फुटबलमा उनले टोटेनहमसँगै चेल्सी, एसी मिलान र वेस्ट ह्यामबाट खेलेका थिए ।
टोटेनहमका लागि उनी कीर्तिमानी गोलकर्ता स्ट्राइकर हुन् । उनले टोटेनहमका लागि ३ सय ७९ खेलमा २ सय ६९ गोल गरेका थिए ।
उनी एकै सिजन टोटेनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले १९९२/६२ को सिजन ३७ गोल गरेका थिए ।