काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा इन्टरले बोलोग्नालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टरलाई जित दिलाउन इडेन जेकोले दुई गोल गरे ।
यस्तै लाउटरो मार्टिनेज, मिलान स्क्रिनियर, निकोलो बरेला र माटियास भेसिनोले एक एक गोल गरे ।
बोलोग्नाका आर्थर थिएटले एक गोल फर्काए ।
यस जितसँगै इन्टरले ४ खेलमा १० अंक जोडेको छ ।
इन्टर शीर्ष स्थानमा उक्लिएको छ ।
बोलोग्ना ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।