काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार भएको खेलमा बायर्नले बोचुमलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किम्मिखले दुई गोल गरे ।
यस्तै लोरी साने, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम मोटीङले एक एक गोल गरे।
बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । बोचुमका भासेलियोस लाम्प्रोलुसले आत्मघाती गोल गरे ।
यस जितसँगै बायर्नले ५ खेलमा १३ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा समेत उक्लिएको छ ।
बोचुम ३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।