काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा आर्सनलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा मार्टिन ओडेगार्डले निर्णायक गोल गरे ।
खेलको ३० औं मिनेटमा उनले गोल गरेका हुन् ।
यससँगै आर्सनलले लिगमा दोस्रो जित निकाल्न सफल भएको छ ।
आर्सनलले ५ खेलमा ६ अंक जोडेको छ ।
आर्सनल तालिकाको १२ औं स्थानमा रहेको छ ।
बर्नली १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।